गरुडा,१९ चैत ।
रौतहटको अधिकांस स्थानमा खुलेका निजी अस्पतालले सर्बसाधारण ठग्ने गरेको गुनासो आँउने गरेको छ ।
यसै क्रममा गरुडा नगरपालिकाको शिवनगरमा रहेको आनन्द अस्पताल प्रालीले सर्वसाधारण ठग्ने गरेको भन्दै सर्बसाधारणले गुनासो गरेकाछन् । सो अस्पताल नेपाल सरकारले तोकेको मापदण्ड विपरित संचालनमा रहेको समेत स्थानीय बासिन्दाले गुनासो गरेकाछन् ।
आम मानिसको स्वास्थ्यसंग खेलवाड गर्ने सो अस्पताल माथि कारवाही गर्ने निकायौ अस्पतालले दिने आर्थिक लाभमा विकेका कारण सो भेगका सर्बसाधारण ठगिदै आएको एक स्थानीय बासिन्दाले बताएकाछन ।
रौतहटको गरुडा नगरपालिकाको शिवनगर स्थित महादेव मन्दीर रोडमा नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले तोकिएको मापदण्ड विपरित संचालनमा रहेका आनन्द होस्पिटल प्राली र त्यसका संचालक उमेश प्रसाद जयसवाल माथि कारवाही नगरिनुले बिभिन्न शंका उब्जाएको जानकारहरुको भनाइ रहेको छ । कानुनलाई धोती लगाउदै सर्वसाधारण गरिव निमुखा विरामीहरुलाई ढाड सेक्ने गरी उपचारको नाँउमा रकम असुल्दै आएका सो हस्पिटल विरुद्ध कारवाही नुहनु निकै दुखद भएको स्थानीयहरुले गुनासो गरेका हुन् ।
मापदण्ड विपरित तथा गैरकानुनी रुपमा संचालनमा रहेको नीजि आनन्द होस्पिटलले उपचारको नाउँमा विरामीहरुको ढाँड सेक्ने कार्य गरिरहदा पनि स्थानीय सरकार देखि लिएर संघिय सरकारका प्रतिनिधिहरु मुकदर्शक बनेपछि स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिहरुले संस्थागत रुप लिदै गएको बताइएको जानकारहरुको भनाइ छ ।
आनन्द पोलिक्लीनिक एक्युपंचर संचालन गर्न २०७३ साल साउन १९ गते स्वीकृति जिल्ला स्वास्थ्य कार्यालय रौतहटबाट लिएर २०७६ फागुन १३ नविकरण गराएका थिए । पोलिक्लीनिकको आडमा उमेश प्रसाद जयसवाले आनन्द होस्पिटल प्रालीको नाममा मापदण्ड विपरित, गैरकानुनी तवरबाट विना इजाजत संचालन गरेर विरामीहरु संग दैनिक रुपमा लाखौं लाखको ठगि गर्दै आएको जानकारले बताएकाछन् ।
गरुडा नगरपालिका श्रोतका अनुसार गैरकानुनी रुपमा संचालन गरेका जयसवालले नगरपालिकामा वैधानिकता दिन निवेदन दिएपनि त्यसै थन्किएको छ । दैनिक रुपमा आफनो चालकलाई पठाउने, आर्थिक चलखेलको लागि प्रस्ताव गर्ने गरेपनि नगरपालिकाले अहिले सम्म उनको निवेदन माथि कार्यान्वयन गर्न नमानेको बताइएको छ ।
संचालक जयसवालको क्रियाकलपा गरुडा नगरक्षेत्रमा जगजाहिर रहेको एक स्थानीयले बताएका छन् । औषधीको नाममा ब्रम्ह्लुट गर्दै आएको छ । १०÷२० रुपैयामा पाइने लहसुनको इन्जेक्सनको हजार रुपैया सम्म असुल्ने गरेको, ९ सयको औषधीको रैपर परिवर्तन गरेर ५ हजार सम्म लिई विरामीको ढाँड सेक्ने कार्यलाई निरन्तरता दिदै आएको हुँदा निज विरुद्ध स्वास्थ्य मापदण्ड ऐन कानुन बमोजिम कडा भन्दा कडा कारवाही गरिनुपर्ने माग स्थानीयहरुले गरेका छन् ।








