चन्द्रपुर,२५ चैत । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित पौराईमा रहेको एक अशक्त बालकको परिवारलाई चन्द्रपुर नगरपालिकाका मेयर सञ्जयकुमार काफ्लेले खाद्यान्न सहयोग गरेका छन् । सो स्थानका रामबहादुर पहरीका १३ वर्षीय छोरा सुशील फोहरीको शरीरको एक भाग नचल्ने र उसको परिवारले आर्थिक अभावमा उपचार गर्न नसकेको र घरमा खानसमेत समस्या रहेको विषयमा आजको तराई एक्सप्रेस दैनिकले समाचार प्रकाशन गरेपछि मेयर काफ्लेले प्रहरीको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । १३ वर्षीय सुशील पहरीको शरीरको एक भाग नचल्ने भएपछि उनको उपचारमा आर्थिक अभावका कारण समस्या भएको थियो । दाल चामल चिउरा लगायतका खाद्यान्न सो परिवारलाई दिँदै मेयर काफ्लेले सुशीलको उपचारका लागि आफूले वीर अस्पतालसँग समन्वय गराइदिने बताएका थिए । खाद्यान्न वितरण कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउत लगायतको सहभागिता रहेको थियो । आर्थिक अभावका कारण आफ्नो नगरपालिकाका नगरवासीले भोकै बस्नु नपरोस् र उपचार समेत समयमा पाउनुपर्ने भन्दै मेयर काफ्लेले तराई एक्सप्रेसमा प्रकाशित समाचार देखेर खाद्यान्न सामग्री वितरण गर्न आएको बताएका थिए ।








