चन्द्रपुर,२६ चैत ।
पछिल्लो समय बजारमा बिग्रँदै गएको आर्थिक कारोबारका कारण ठगेका विभिन्न घटनाहरु बाहिर आउन थालेका छन् । पछिल्लो समय चन्द्रनिगापुरमा एउटा चेक बाउन्सको घटना बाहिर आएको छ ।
रु २५ हजारको चेक लिएर अगाडि ६ थपेर चेक बाउन्स गराएको घटना बाहिर आएको छ । चन्द्रनिकापुरमा रहेको कामना सेवा बैंकमै गएर एकजनाले २५ हजारको चेक काटेर दिएकोमा चेक लिनेले अगाडि ६ थपेर ६ लाख २५ हजारको चेक बाउन्सको घटना बाहिर आएको हो ।
चन्द्रनिगापुरका स्थानीय बासिन्दा सरोजकुमार शाहले विजयकुमार यादवलाई चन्द्रनिगापुरको कामना सेवा बैंकको कार्यालयमै गएर गार्डलाई लेख्न लगाएर रु २५ हजारको चेक दिएका थिए । चेक लिएपछि यादवले बैंकबाट निस्किएर अगाडि ६ थपेर ६ लाख २५ हजारको चेक बाउन्स सोही बैंकमा गराएका थिए ।
सरोज कुमार शाहको खाता रहेको चेकमा बैंकका गार्डले २५ हजारको चेक लेखेर यादवको नाममा दिएको बैंकमा रहेको सिसिटिभी फुटेजमा स्पष्ट देखिन्छ ।
तर यादवले भने आफैले २५ हजारको अगाडि छ थपेर ६ लाख २५ हजार लिनुपर्ने भन्दै सोही बैंकमा गएर चेक बाउन्स गराएपछि यो घटना बाहिर आएको हो ।
यादवले चेक बाउन्सको मुद्दा हालेपछि पीडित इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा पुगेका थिए । सो विषयमा प्रहरीले चासो दिएर फोन गरेपछि चेक लिएका यादवले आफू काठमाडौँमा रहेको र केही समयपछि आएर कुरा गर्ने भन्दै फोन राखेका थिए । २५ हजारको चेक दिने शाहले यादव विरुद्ध कृते मुद्दा इलाका प्रहरी कार्यालयमा दिने तयारी गरिरहेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शाहलाई यादव विरुद्ध कृतेको ठाडो निवेदन दिन भनेको पीडितले बताएका छन् ।
चन्द्रनिगापुरमा बसेर जग्गाको कारोबार गर्दै आएका यादवले गरेको यस्तो कामबाट एकजना सर्वसाधारण पीडित भएका छन् । २५ को अगाडि छ थपेर ६ लाख २५ हजार लिनका लागि कृते गरेको भन्दै पीडित शाहले यादव विरुद्ध मुद्दा हाल्ने तयारी गरिरहेका छन् ।
पछिल्लो समय रौतहट सहित देशैभरि आर्थिक मन्दी छाइरहेको बेला यस्ता अपराधिक क्रियाकलापका घटनाहरु एकपछि अर्को गर्दै बाहिर आउन थालेका छन् । जग्गाको कारोबारमा मन्दी आएर कमाइ हुन छाडेपछि यादवले कमाउने जुक्ति निकालेर २५ को अगाडि छ थपेर ६ लाख२५ हजार असुल्नका लागि गरेको यो हर्कत अन्तत्वगत ठगैतीमा गएर टुंगिएको छ । यसरी सर्वसाधारणलाई ठगैती गर्ने यादव माथि कडाभन्दा कडा कारबाही हुनुपर्ने स्थानीय बासिन्दा मुकेश कुमार शाहको भनाइ रहेको छ । सो घटनाको विषयमा यादवमाथि नियम कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । २०८० चैत २६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।