चन्द्रपुर,३ बैशाख।
सरकारी काँम कहिले जाला घाम भनेझै भएको छ ,रौतहटको वनमा कार्यरत रहेका वन कर्मचारीलाई ।
जिल्लामा धेरै वन चोरी तस्करी हुने जिल्लाको बृन्दावन सव वन डिभिजन कार्यालयमा जानकै लागि वनमा कार्यरत रहेका कर्मचारीले हाकिमलाई नजराना बुझाउने गरेकाछन् । यो सव वन डिभिजन कार्यालयमा जाने वन कर्मचारीले काठ चोर तस्करसंग साँठगाठ गरेर मााटो रकम कमाउने गरेकाछन् ।
यसै क्रममा नयाँ वर्ष मनाउने नाउँमा सनिबार मात्र रौतहटको वनबाट व्यापक रूपमा काठ चोरी तस्करी भएको छ । त्यो पनि बलेरीको घना वनमा । जङ्गलमा पिकनिक मनाउने नाउँमा गएका समूहहरूले व्यापक काठ चोरी तस्करी गरेर ल्याइएको स्थानीयले वन कार्यालयमा सुचना दिएको भएपनि वन कर्मचारीले कानमा तेल हालेर बसेको स्थानीयको भनाइ छ ।
रौतहटको वृन्दावन सब डिभिजन वन कार्यालय अन्तर्गतका वनबाट नयाँ वर्ष मनाउन जंगलमा ट्रयाक्टर लिएर गएका समूहहरूले ठूलो मात्रामा काठ ल्याइएको समाचार स्रोतले जनाएको छ ।
वृन्दावन सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनिल कुमार महतोको सेटिङमा सो वनबाट करिब तीन लाख मूल्य बराबरको सखुवाका गुलिया ल्याइएको समाचार स्रोतको भनाइ रहेको छ । स्रोतका अनुसार सो काठ आउने खबर पहिले बाहिरिएर डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्र मिश्र र सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनिल कुमार महतोलाई पटक–पटक जानकारी गराउँदा समेत उनीहरूले कुनै वास्ता नगरेको बताइएको छ । स्रोतले दिएको जानकारी अनुसार गत चैत ३० गते दिउँसो जङ्गलमा गएर रुख काटी काठ तयार पारेको र वैशाख १ गते पिकनिक मनाउने नाउँमा ट्रयाक्टरमा काठ भित्र्याउने खबर बाहिरिएको थियो । सो खबरको फलो गर्दै डिभिजन वन कार्यालयका प्रमुख मिश्र र सहायक वन अधिकृत महतोलाई पटक–पटक सुचना दिएका थिए ।
तर, प्रमुख मिश्र र महतोले कुनै वास्ता नगरेको गुनासो रहेको छ ।
मिश्र र महतो वास्ता नगर्नुमा माथिदेखि तलसम्मकै सेटिङ रहेको सिधा बुझ्न सकिन्छ । समाचार स्रोतका अनुसार सबडिभिजन वन कार्यालय वृन्दावनमा कार्यरत केही वन कर्मचारी सोही पिकनिक मनाउने ठाउँमा गएर बेसमारी खाएर लाइन मिलाइ दिइएको थियो ।
वन कर्मचारीले नै लाइन मिलाइदिएपछि काठ ल्याउने तस्कर समूहलाई सहज भएको थियो ।
सूचना आउँदासमेत तस्करी रोक्न नसकिने वन कर्मचारीलाई तत्काल सरुवा गर्नुपर्ने माग समेत हुन थालेको छ । स्थानीयले हेल्लो सरकार र अख्तियार दुरुपयोग आयोग अनुसन्धानमा उजुरी दिने तयारी गरेको छ ।
डिभिजन वन कार्यालय प्रमुखको रूपमा मिश्र र सहायक वन अधिकृतको रूपमा महतो आएदेखि नै बलेरी क्षेत्रको वनबाट सर्लाहीका तस्कर समेत सक्रिय भएर काठचोरी तस्करी गर्दै आएको छ । वृन्दावन सबडिभिजन वन कार्यालयमा कार्यरत सम्पूर्ण वन कर्मचारीलाई एकसाथ सरुवा गर्नुपर्ने माग स्थानीयको रहेको छ ।
यिनीहरू लामो समयदेखि एकै ठाउँमा बसेर तस्कर समूहसँग धेरै नजिकिएको स्थानीयको भनाइ रहेको छ । सनिबार बलेरीको वनमा काठ चोरी तस्करी भएको सुचना सहित तराई एक्सप्रेस दैनिक तथा अनलाईनमा समाचार प्रकाशन भएपछि आईतबार वनले ६० क्युफिट काठ बरामद गरेको नाटक मन्चन गरेर काठ तस्करकै घरमा छाडेको स्थानीयले बताएकाछन् । सेटिङमै बरामद काठ काठ तस्करकै घरमा नापेर वन कर्मचारीले छाडेको स्थानीयको भनाइ रहेको छ ।








