रौतहट ।बागवती नदीले सतह पार गरेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
कुलेखानीको ढोका नखोल्दै बागमती नदीले सतह पार गरेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको हो ।
रौतहट भएर बग्ने बागमती चाँदी झाँज र लाल बकैया खोलामा पानीको सतह बढेपछि विभिन्न स्थानमा रहेका ड्यामहरू फुटाउने क्रम बढेको भन्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको हो ।
दुर्गा भगवती गाउँपालिकामा पर्ने भलहुइयामा रहेको बागमतीको ड्याम बागमतीको बाढीले भत्काउन थालेपछि सो स्थानका स्थानीय बासिन्दा जोखिममा परेको दुर्गा भगवती गाउँपालिकाका पालिका अध्यक्ष शम्भु सिंहले बताए ।
भल भैयाको बाँध बागमतीको बाढीले फुटाउन थालेको र जहाज खोलाको पानी समेत बिस्तारै दुर्गा भगवतीतिर छिर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेको गाउँपालिका अध्यक्ष सिंहको भनाइ रहेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले रौतहटमा बागमतीको बाढीको जोखिम बढेका कारण सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।