चन्द्रपुर,२९ कार्तिक । समावेशी शिक्षा सुदृढिकरणका लागि “सिकाइ प्लस परियोजना” रौतहटका दुई वटा पालिकामा सञ्चालन हुन लागेको छ । परियोजना निर्माणको लागि एक विशेष कार्यशाला गोष्ठीको आयोजना गर्दै यो कुरा सार्वजनि गरेको हो ।
चन्द्रनिगाहपुरको होटल तराई इनमा आयोजित यस कार्यक्रम अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाहीको साझेदारीमा रौतहटको गरुडा र माधव नारायण नगरपालिकामा सिकाइ प्लस परियोजना सञ्चालन हुन गलेको कार्यक्रम सहजकर्ता नागेन्द्र साहहले बताए ।
गरुडा र माधव नारायण नगरपालिकामा यो परियोजनाको मोडल तयार गर्न सरोकारवाला निकायहरूको सहकार्यमा यस कार्यक्रम आयोजना गरिएको साहले बताएका छन् ।
गोष्ठीमा गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जयसवाल, माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव, उपप्रमुख निर्मला देवी रमन, मधेश प्रदेश शिक्षा तालिम केन्द्र बाराका महेन्द्र महतो, वल्र्ड भिजन अष्ट्रेलियाका प्रतिनिधि मेलिसा स्पार्के, भिक्टोरिया मिल्डौरी, कन्सेटा स्काफिलो र जेसी वेल्चरको उपस्थिति रहेको थियो ।
यस अघि सिकाइ परियोजना सर्लाही जिल्लाका चार वटा पालिकामा विगत पाँच वर्षदेखि सफलतापूर्वक संचालन हुँदै आएको छ । यो परियोजनाले गरिबी, अपाङ्गता र सामाजिक अवरोधका कारण विद्यालय जान नसक्ने बालबालिकालाई शिक्षामा पहुँच पु¥याउन महत्त्वपूर्ण योगदान पु¥याएको छ । रौतहटमा पनि यो परियोजना लागू गर्नको उद्देश्यले आयोजन गरिएको यस कार्यशालामा परियोजनाका मोडल र कार्ययोजनाहरूको विकासमा सरोकारवालाहरू बीच गहन छलफल गरिएको छ ।
शिक्षा तालिम केन्द्र बाराका महेन्द्र महतोले कार्यशालामा बोल्दै परियोजनाको महत्वमाथि प्रकाश पारे । उनले विशेष गरी अपाङ्गता भएका तथा विपन्न समुदायका बालबालिकालाई शिक्षाको मुख्यधारमा ल्याउन परियोजनाले गरेको कामको प्रशंसा गरे । महतोका अनुसार सिकाइ प्लस परियोजनाले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने र समावेशी शिक्षा सुदृढ गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा र वल्र्ड भिजन इन्टरनेशनल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रको सहकार्यमा चलिरहेको यस परियोजनाले विभिन्न जिल्लाका समुदायलाई शिक्षामा सहभागी गराउने तथा आर्थिक–सामाजिक विभेदलाई घटाउने लक्ष्य राखेको छ । सहभागीहरूले सामूहिक रूपमा परियोजनाको प्रभावकारीता सुनिश्चित गर्न विभिन्न उपायहरूको पहिचान गरेका छन् ।
कार्यक्रममा सहभागी मेयर जयसवालले पनि परियोजनाको सफल कार्यान्वयनका लागि स्थानीय तहको सहयोग महत्त्वपूर्ण हुने बताए । उनले यस परियोजनाले समावेशी शिक्षालाई सुदृढ गर्दै शिक्षा प्राप्त गर्न नसकेका बालबालिकाका लागि नयाँ अवसरहरू सृजना गरेको बताए ।