रौतहट,७ बैशाख । मध्य तराईकै पर्यटकीय स्थल नुनथर क्षेत्रमा रहेको झोलुङ्गे पुल यतिबेला जोखिम बनेको छ ।
नुनथर क्षेत्रमा घुम्न आउने स्थानीय तथा वहाय पर्यटकहरूको कुनै पनि बेला ज्यान जोखिममा पर्ने अवस्था आएको स्थानीयले बताएका छन् । नुनथर क्षेत्र घुम्न आउने सबैको पहिलो रोजाई तथा फोटो खिच्ने तथा टिकटक बनाउने स्थान झोलुङ्गे पुल नै रहेको हो ।
सो झोलुङ्गे पुलको नटबल्डहरू खिया लागेको तथा कयौ नटबोल्डु झरिसकेका कारण सो झोलुङ्गे पुल धेरै भिड बनाउनु उफ्रनु ,कुदनु यतिबेला जोखिम बनेको नुनथर क्षेत्र विकास समितिका सहसचिव तथा स्थानीय बासिन्दा गोपाल घिमिरेको भनाइ रहेको छ ।
उक्त फूल मर्मतका लागि आफूहरूले पटकपटक काठमाडौँस्थित पुल महाशाखामा फोन गर्दा समेत कसैले वास्ता नगरेको सहसचिव घिमिरेको भनाइ रहेको छ ।
पुलका नटबोल्डुहरू झरिसकेको र त्यसलाई मर्मत गर्नुपर्ने अवस्था देखेपछि नुनथर क्षेत्र विकास समितिले गएको नयाँ वर्षको दिन र अंग्रेजी नयाँ वर्ष स्थानीय तथा बाहिर जिल्लाबाट घुम्न आएका पर्यटकलाई पुलमा जान दिएको थिएन ।
पुलको अवस्था अत्यन्त जोखिम रहेका कारण आफूहरूले पुलमा भिडभाड नगर्न सर्वसाधारणलाई भन्ने गरेको तर सर्वसाधारणले अटेर गर्ने गरेको स्थानीय बासिन्दा समिर बाबु कार्कीको भनाइ रहेको छ ।
नुनथर क्षेत्र घुम्न आउने सर्वसाधारणको पहिलो रोजाइनै झोलुङ्गे पुल रहेकाले त्यसलाई सम्बन्धित निकायले तत्काल मर्मत नगरे ठूलो जनधनको क्षति हुन सक्ने कार्कीको भनाइ रहेको छ ।
तत्कालीन समयमा माधवकुमार नेपालको पहलमा सर्लाही र रौतहटको नुनथर जोड्ने बागमती नदीमा आन्तरिक तथा वाय पर्यटकका लागि लक्षित गरेर सो झोलुङ्गे पुल जडान गरिएको थियो । झोलुंगे पुल यतिबेला सर्वसाधारणका लागि जोखिम बन्दै गएको छ । त्यसतर्फ सम्बन्धित निकायले तत्काल चासो लिनुपर्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ । रौतहटमा पर्ने उक्त नुनथर क्षेत्र मध्य तराईकै एक मात्र चर्चित पर्यटकीय स्थल हो । सो विषयमा सम्बन्धित निकायले तत्काल चासो लिनुपर्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ । नुनथर क्षेत्र घुम्न आउने पर्यटकहरूको पहिलो रोजाई नै सो झोलुङ्गे पुल रहेको र झोलुङ्गे पुलले लोड थेग्ने अवस्था नरहेको स्थानीयको भनाइ रहेको छ ।