रौतहट,२५ माघ ।
महाकाल झाँकी समूहका सञ्चालक, प्रख्यात युवा कलाकार तथा गौर नगरपालिका–४ टिकुलिया निवासी दिलीप कुमार महाकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्दै नेकपा एमाले (सूर्य) मा औपचारिक रूपमा प्रवेश गरेका छन्। प्रतिनिधिसभा सदस्य उम्मेदवार अजय कुमार गुप्ताको उपस्थितिमा महाकालले टीका, खादा र माला ग्रहण गर्दै पार्टी प्रवेश गरेसँगै क्षेत्र नं १ को चुनावी माहोलमा नयाँ तरंग पैदा भएको छ।
स्थानीय युवा तथा सांस्कृतिक क्षेत्रमा सक्रिय भूमिकाका कारण चर्चित महाकालको प्रवेशलाई एमालेले रौतहट–१ मा आफ्नो अभियानप्रति बढ्दो जनआकर्षण र जनविश्वासको प्रमाणका रूपमा लिएको छ। पार्टी नेतृत्वले महाकालले ल्याउने ऊर्जा र नेटवर्कले चुनावी अभियानलाई थप बृहत् र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।