काठमाडौं । नारायाणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले बच्चा पढाउन काठमाडौं बसेका सांसदलाई हेटौंडा राजधानी स्वीकार गर्न गाह्रो भएको बताउनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा कुराकानी गर्नुहुँदै खनालले नेताको स्वार्थकै कारण प्रदेश तीनको राजधानी हेटौंडाबाट अन्यत्र सार्ने चर्चा भइरहेको बताउनुभयो । खनालले भन्नुभयो, ‘सबै दृष्टिकोणबाट प्रदेश नम्बर तीनको राजधानी हेटौंडा उपयुक्त छ, बच्चा पढाउन पहिलेदेखि काठमाडौं बस्नु भएका माननीयज्यूका कारण हेटौंडाको राजधानी सार्ने चर्चा मात्र भएको हो ।’
महासचिव खनालले सरकारले तत्काल ड्राइभिङ लाइसेन्स खोल्नुपर्ने बताउनुभएको छ । नेपालका सडकमा भारबहन क्षमता हेरेर मात्र सवारी गुड्न पाउने व्यवस्था गर्नुपर्ने पनि उहाँले बताउनुभयो । सरकारले सवारी मापदण्ड कडाइका साथ लागु गर्न सक्नुपर्ने पनि उहाँले बताउनुभयो । महासचिव खनालसँगको विस्तृत कुराकानी तलको भिडियो लिंक खोलेर हेर्न सक्नुहुनेछः