मनहरी । तपाईं स्वस्थ देखिन पाचन प्रणालीको भूमिका महत्त्वपूर्ण हुन्छ । पेट सफा भए सबै ठीक भन्ने त भनाइ नै छ। पेट खराब हुँदा अस्वस्थ भइन्छ। अस्वस्थ खानपान, दूषित वातावरण र तनावका कारण पाचन प्रणालीमा प्रभाव परिरहेको हामी ख्यालै गर्दैनौँ ।

निम्न कुराबाट जोगिँदा पाचन प्रक्रियामा सकारात्मक प्रभाव पर्छ।

– जंक फुडको सेवन

– शारीरिक निष्क्रियता

– तामसी भोजन

– धूमपान तथा मद्यपान

– तनाव

डब्बामा बन्द गरिएको खाद्य पदार्थ, पिज्जा, नुडल्स, बर्गर, चिप्सलगायत खाद्य पदार्थले कुनै न कुनै रूपमा शरीरलाई हानी गर्छ । खानामा पोषकतत्त्व कमीले पाचन क्रियामा असर गर्छ । शरीरमा हानिकारक तत्त्व वृद्धि हुन्छ । यसका लागि खानपानमा सचेत हुनुपर्छ।

के गर्ने ?

– फलफूल नियमित खाने

– समयमै खाना खाने

– औसत आठ घण्टा सुत्ने

– चिल्लो खानेकुरा नखाने

– बोक्रायुक्त दाल, अंकुरित चना, मुग, सोयाबिन सेवन गर्ने

– दही, मही सेवन गर्ने

– काँक्रा, गाजर, मूला तथा सागसब्जी खाने।

– बिहान-बेलुकी घुम्ने

– नियमित व्यायाम गर्ने।

– योगाभ्यास र प्राणायाम गर्ने ।
(एजेन्सीको सहयोगमा)