रौतहट,१२ असार । लामो समय देखी पुर्णता पाउन नसकेको नेकपा जिल्ला कमिटि रौतहटले पुर्णता पाएको छ ।
पुर्व एमाले र पुर्व माओवादीबाट ठुलो संख्यामा जिल्ला कमिटि बनाईएको छ । नेकपा एमालेबाट बाबुराम दाहाल ,रामचन्द्र दाहाल ,दिपक धिताल,शिव आचार्य लगाएतका जिल्ला कमिटिमा परेका छन् । चन्द्रपुर नगरपालिका वडानं ३ का वाडअध्यक्ष रबी देकोटा पनि जिल्ला कमिटिमा परेका छन् । यस्तै चन्द्रपुर २ का वडाअध्यक्ष दुत बहादुर थिङ पनि जिल्ला कमिटिमा परेका छन् । नेकपा रौतहटमा एक सय ७०जनाको कमिटि बनेको छ