सर्लाही,१३ असार । सदरमुकाम मलंगवा ९ मा रहेको सर्लाही आँखा केन्द्रका डाक्टर दीपेन्द्र रजककी श्रीमतीको हत्या भएको छ । बिहीबार मध्यान्ह १२ बजेको समयमा अस्पतालको दोस्रो तलामा रहेको निवासमा बस्दै आएका रौतहट यमुनामाई गाउँपालिका ३ का डाक्टर रजकको अन्दाजी २७ वर्षीय पत्नी सुप्रिया भारतीको हत्या गरिएको छ ।
अस्पतालमै अप्टिकल असिस्टेन्टको पदमा कार्यरत ३० वर्षीय अमित बैठामाथि गई एक्कासी हथौडा प्रहार गरी भारतीको हत्या गरेको प्रहरीले जनाएको छ । बैठाले भारतीसंगै रहेको उनका ४ वर्षीय छोरा दिवसकुमार रजकको टाउकोमा समेत प्रहार गरेको छ ।हथौडाको प्रहारबाट दिवसको टाउकोमा गम्भीर चोट लागेको छ । उनको सर्लाही अस्पतालमा मलंगवामा उपचार सम्भव नभएपछि वीरगंज रिफर गरिएको छ । हत्या गर्ने बैठा डा. रजकको भिनाजुको भाई रौतहटका बौधिमाई नगरपालिका सहरमुजुबा निवासी हुन् । घटनामा संलग्न बैठा फरार छन् उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।