गौर,१३ असार / अर्थ मन्त्रालयको पत्रचार अनुसार असार १० गते भित्र गाउ सभा सम्पन्न न हुदा अर्थ मन्त्रालयले आर्थिक बर्ष २०७६र०७७ को बजेट रोक्का गर्ने पत्रचार गरे पछि अर्थ मन्त्रालयको निर्देशन अनुसार हतारमा भए पनि रौतहटको यमुनामाइ गाउपालिकाले पनि आफ्नो तेश्रो गाउँसभा बिकाशको नयाँ पैकेज ल्याएर गाउ सम्पन्न गरेको छ ।यमुनामाईले आर्थिक बर्ष २०७६र०७७ को लागि २५ करोड ५४ लाख ३१ हजार बजेट बिनियोजन गरेको छ । आर्थिक बर्ष २०७६र०७७ को बिकाशको नयाँ पैकेजमा गत बर्ष बिकाशको कार्यमा देखिएको कमीलाई पुरा गर्ने उदेश्यको साथै आज गाउँ सभा सम्पन्न सम्पन्न गरेको यमुनामाई गाउँपालिकाको वार्ड न १ को अध्यक्ष एवं प्रवक्ता नन्दलाल यादवले जानकारी गराएको छ ।
बिकाशको नया पैकेजमा यमुनामाइ गाउपालिकामा एसईई परिक्षामा बढी नम्बर ल्याएर पास हुने एक एक जना छात्रा,छात्रलाइ १ लाख रुपैया गाउपालिकाले विद्यार्थीको हौसला बढाउनको लागि र प्रोत्साहन गर्नको लागि दिने निर्णय गरेको यमुनामाइ गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद मुखीयाले नीति तथा कार्यक्रम पेश गर्दा उल्लेख गरेको छ ।