रुपेन्द्र पटेल
रौतहट,२८ असार ।
जिल्लाको यमुनामाइ गाउपालिका वाडानं २ का अधिकांस घर डुवानमा परेपछि स्थानीय सुख्खा स्थानको खोजीमा सडकमा निस्केका छन् ।
घरभरी पानी पसेपछि स्थानीय चन्द्रनिगाहपुर गौर सडक खण्डमा आएर बसेका छन् ।
स्थानीयले राज्यले आफुहरुलाई उद्धार गर्नुपर्ने बताएका छन् । यमुना माई गाउपालिका ३ नम्बर वडाका शिव नन्दन मुखिया आफु र आफ्नो परिवारले २४ घण्टा देखी केही खान नपाएको बताएका छन् । घर डुवानमा परेर अन्नपात डुबेपछि आफु र परिवार भोकै हाट बजार लाग्ने स्थानमा आएर बसेको बताए ।
सदरमुकाम गौर पुर्णरुपमा डुवेपछि केही बेर पहिला भारतले बनाएको ड्याम भतकीएर पानी भारतको बैरगनिया तर्फ गएको भएपनि भारतीय पक्षले फेरी बाध धुनेको गौरका स्थानीयले बताए ।
नेपाल तर्फका स्थानीयले बाध भत्काउने आशंकाले भारतीय पक्षले यतीबेला दशगजाको ड्याममा एसएसबी तैनाथ गरेको छ । यतीबेला सम्म रौतहटमा राज्यको उपस्थिती नभएको भन्दै स्थानीयले चिन्ता जाहेर गरेका छन् ।