गौर,२८ असार । बाढीमा फंसेकाहरुको उद्धारका लागि गौरमा यतीबेला ५ वटा डुंगा परिचालन गरिएको छ ।
उद्धारका लागि हेटौडाबाट मोटरबोट मगाउने तयारी भईरहेको गौर नगरपालिकाका मेयर अजय गुप्ताले बताए । गौर नगरपालिकाका २ वटा डुंगा र सशस्त्र प्रहरीका ३ वटा गरी पांच वटा डुंगा परिचालन गरिएको मेयर गुप्ताले तराई एक्सप्रेसलाई बताए ।
उद्धारका लागि हेटौडाबाट एउटा मोटरबोट मगाईएको समेत गुप्ताले बताए । पानी सतह नघटेका कारण समस्या भएको उनले बताए । भारतीय पक्षसंग पानी खोल्नका लागि कुरा भएपनि भारतीय पक्षले फोन नउठाएको गुप्ताको भनाई रहेको छ ।