अशोक पहाडी
रौतहट,२८ असार । तीन दिन देखी बागमतीको दुई भंगालोको बिचमा फंसेका १७ जनाको उद्धार हुन सकेको छैन । गाइ बस्तु चराउन गएका १७ जना रौतहटमा बागमती खोलामा आएको बाढीमा फसेका छन । रौतहट र सर्लाहीको बीचमा पर्ने बागमती नदीको बगरमा १७ जना फसेको र उनीहरुको उद्धार हुन नसकेको स्थानीय बासिन्दाले बताएका छन । बागमतीको टापुमा ९ जना महिला ८ जना पुरुष फंसेका छन् । रौतहटको बृन्दावन नगरपालिका वाडनं १ का ११ जना महिला तथा पुरुष सो स्थानमा फंसेका छन् । सर्लाहीको हजरियाका ६ जना र अन्य रौतहटको स्थानीय रहेको र उनीहरुको उद्धारको प्रयास भएपनि बागमतीको बाढी नघटेका कारण समस्या भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिए ।