गौर,१३ साउन । अविरल बर्षा संगै असार २७ र २८ गते रौतहटको विभिन्न खोलाहरुमा आएको बाढीबाट जनताहरु नराम्ररी रुपमा प्रभावित एवं विस्थापित भएपनि राहत वितरणमा व्यापक अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी रौतहटले आईतवार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएर असहमती प्रकट गरेका छ ।
वागमती, लाल बकैया, भकुवा, अरुवा, झाझ खोलामा आएको भिषण बाढीबाट हजारौं जनताहरु प्रभावित भई सयौं बासिन्दाहरु विस्थापित भएर अझै पाल मुनि बस्न बाध्य भएको छन् तर स्थानीय तह र प्रदेश सरकारबाट आएको राहतमा व्यापक अनियमितता गरी भोटको राजनिति गरिरहेकोमा आपत्ती प्रकट गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
नेकपाका जिल्ला अध्यक्ष कमल राय सहित संघिय सांसद सरला यादव, प्रदेश सांसद कुन्दन कुश्वाहा, मौलापुर नगरपालिकाको मेयर रिनाकुमारी साह, प्रदेश कमिटि सदस्य शम्भु साह, त्रिभुवन साह, अशोक जयसवाल सहित जिल्ला कमिटि सदस्यहरु सम्मिलित एक प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी किरण थापासंग उहाकै कार्यकक्षमा भेटी राहतमा राजनितिकरण गरी संघिय सरकारलाई बदनाम गराइरहेको प्रति स्थानीय प्रशासनको ध्यानाकर्षण गराए ।
संघिय सांसद सरला यादवले विपदको घडीमा विस्थापित एवं पिडित घरपरिवार समक्ष समुचित रुपमा राहत पुर्याउनुपर्नेमा कार्यकर्ता भेला गराएर प्रदेश सरकारको मुख्यमन्त्रीले नै आफना कार्यकर्ताहरुलाई राहत वितरण गरेकोमा चर्को आपत्ती प्रकट गर्दै त्यसता कार्यहरु अविलम्ब बन्द गर्नुपर्ने बताइन् ।
प्रदेश सांसद कुन्दन कुश्वाहा र नेकपा जिल्ला अध्यक्ष कमल राय यादवले स्थानीय तहका पदाधिकारीसंगै मिलेर प्रदेश सरकारको जिम्मेवार मन्त्रीहरुद्धारा विपत्तीमा परेका जनताहरुलाई पाखा लगाई प्रभावित नभएका व्यक्तिलाई राहत दिएर ठूलो भेदभाव गरेको गम्भीर आरोप लगाउदै त्यस्ता अराजक गतिविधि गर्नेहरुलाई निगरानीमा राखी एकद्धार प्रणालीबाट राहत वितरण गराउनुपर्ने सुझाव दिए ।
नेकपा प्रदेश कमिटि सदस्यद्धय शम्भु साह र अशोक जयसवालले विनाशकारी बाढी आएको केही दिनमै राज्यको सम्पूर्ण अंगहरुलाई परिचालन गरेर यथार्थ डाटाहरु संकलन गर्नुपर्ने थियो तर त्यसो नहुदा अहिले राहतमा धेरै भुगोल रहेको पिडामा परेका जनताहरु भोकभोकै छन् तर बाढीबाट प्रभावित नभएकाहरु राहत लिन लुछाचुडीमा व्यस्त रहदा स्थानीय प्रशासन मुकदर्शक बनेकोमा बाध्य भएर नेकपाले ज्ञापन पत्र मार्फत राज्यको ध्यानाकर्षण गराएको बताए ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले बाढीको समयमा यथार्थ विवरण संकलन गर्न निकै चुनौतीपूर्ण भएपनि हरेक स्थानबाट अहिले प्रहरी र स्थानीय तहको माध्यमबाट क्षतिको विवरण संकलन गर्ने कार्य भएको छ । पूर्ण क्षतिमा ४०९५ र आशिंक क्षतिमा २० हजार घरहरु रहेको तथा अहिले सम्म बाढीकै कारण ज्यान जोगाउनेको संख्या १७ पुगेको छ भने २ जना वेपत्ता रहेको स्पष्ट पारे ।
जिल्ला प्रशासन कार्यालयबाट एक द्धार प्रणाली मार्फत बाढी प्रभावित बस्तीहरुमा राहत पठाइएको तर केही स्थानमा भद्रगोल भएको समेत स्वीकार गर्दैै उक्त क्रुटीहरु सच्याउदै जाने प्रतिबद्धता जनाए ।