गौर,१३ साउन । सिमावर्ती भारत संग रौतहटको विभिन्न नाकाहरु भएर राजस्व छलेर भित्रयाइएको ५ लाख बराबरको मालसामानहरु नेपाल प्रहरीले बरामद गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएका छ ।
खुला सिमाको फायदा उठाउदै तस्करहरु राजस्व छलेर विभिन्न चोर नाकाहरु भएर नेपाल भित्रयाइएको मालसामानहरु विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले गत दुई दिन भित्र उक्त मुल्यको अबैध सामानहरु बरामद गरी कारवाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हो ।
गौर नगरपालीका तथा यमुनामाई गाउँपालीका अन्तर्गतका बिभिन्न स्थानहरुबाट बिभिन्न समयमा बिभिन्न मानिसहरुद्वारा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ आउदै गर्दा प्रहरीलाई देखी सामानहरुको बोरा छाडी भागेकोमा उक्त सामानको पोका खोली हेर्दा मार्कीन कपडा, थानको कपडा, तन्ना, थानको कुर्था, गम्चा , तौलिया, सेन्डो, खाने तेल ,धनिया , मोविल, लगायतका सामानहरु छाडी भागेकोमा अन्दाजीमुल्य पाँच लाख बराबरको सामानहरु बरामद गरिएको प्रवक्ता एवं डिएसपी नविन कार्कीले बताए ।
बरामद गराएको ५ लाखको सामानहरु आवश्यक कारवाहीको लागी मिति आईतवार गौर भन्सार कार्यालयमा बुझाईएको उनले जानकरी दिए ।