निजगढ,१३ साउन ।
बारा रौतहट र मकवानपुर जिल्लालाई जोड्ने संगमस्थलमा धन्सार खोलामा निर्माणधिन झोलुङे पुल निर्माण महिनौ बितिसक्दा समेत ९५ प्रतिशत कार्यमानै रोकियको छ ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष मान बहादुर योञ्जनको अनुसार सम्झौता अनुसार निर्माण सम्पन्न हुनेमा निजगढ नगरपालिका ले झोलोङे पुलको बाँकि कार्यको लागत स्ट्मितको प्रोसेसमा बेवास्था गरिदा कार्य सम्पन्नमा ढिलाईभई रहेको बताउनु भएको छ ।
पुल निर्माण भएपछि तिनै जिल्ला बारा रौतहट मकवानपुर जिल्लाका बासिन्दा लाभान्वित हुने सिंगौल वडा नम्बर ३ निवासी झोलोङे पुल निर्माण समितिको सचिब छिरिङ् बल ले बताउनु भयो । खोलामा पुल नहुदा मकवानपुरको बकैया गाउ“पालिकाको वडा नम्बर १ स्थित रजुवाबाट पढन आउने बिद्यार्थी अधुरो पुलबाटै जोखिम मोलेर आउन बाध्य छन ।
पुलको कार्य सम्पन्न भएपछि सबैभन्दा बढी बिद्यार्थी लाभान्वित हुनेछन् पिपलटारमा अबस्थित हिमाल आधारभूत बिद्यालय प्रधानाध्यापक हरिसरण खड्काले भने पुलको कार्य सम्पन्न नहुदा जोखिम मोलेर पढन आउने गरेका छन । झोलोङे पुलको निर्माण कार्य सम्पन्न भएको अबस्थामा स्थानीयको ब्यबसाय समेत बढने अपेक्षा रहेको स्थानीयको भनाइ रहेको छ ।
मकवानपुर र रौतहटका स्थानीय किनमेल गर्न समेत वडा नम्बर १ मा अबस्थित बनस्थली हाट बजार अझै बिस्तार हुने स्थानीयले अनुमान गरियको थियो । पुल केहि समय पहिले निजगढ नगरपालिका को कार्यकारी अधिकृत भरतचन्द्र अधिकारीले शिलान्यास गर्नु भएको थियो भनि सिंगौल वडा नम्बर ३ बाट बसन्त लामा ले बताउनु भएको छ ।