बारा ,१८ साउन / बारा जिल्ला प्रहरी कार्यालय कलैया बाराले नौवटा भारतीय नम्बर प्लेटको मोटरसाईकल भन्सार चलान गरेको छ । आवशयक कागजात नमिलेका बिभिन्न कम्पनीका भारतीय नम्बर प्लेटका नौवटा मोटरसाईकल आवश्यक कार्यवाहीको लागी वीरगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरी निरीक्षक निशान श्रीवास्तवले जानकारी दिए । भन्सार छलेर बिभिन्न मितिमा भारतबाट मोटरसाइकल भित्र्याउने क्रममा बारा प्रहरीले पछिलो केही समयभित्र बरामद भएको उक्त मोटरसाइकलहरु जिल्ला प्रहरी कार्यालय कलैयाको नियन्त्रणमा रहेको थियो ।