काठमाडौं १८ साउन / शनिबार देशभर आंशिकदेखि सामान्य वर्षा हुने सम्भावना छ । मनसुनी न्यूनचापीय रेखा विस्तारै नेपालतर्फ सर्दै आएकाले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार दिउँसो आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङ्सहित हल्कावर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी पहाडी भू–भागका केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।