चन्द्रपुर,१९ साउन / रौतहटको चन्द्रपुर नगरपालिका अनतर्गत रहेको धामिर्क तथा पर्यटकिय स्थल नुनथरमा बोलबमका भक्तालुहरुको भिड लागेको छ ।
रौतहट बारा सर्लाही महोतरी पर्सा र भारतका बिभिन्न स्थानबाट बागमतीको पबित्र जल लिनका लागि नुनथर क्षेत्रमा साउन भरी बोलबम जाने भक्तालुहरुको भिड लाग्ने गर्दछ ।अन्य समय पिकनिक बिवाह तथा भोज खानेहरुको भिड रहने गरेका नुनथरमा साउन भरी बोलबमको भिड लाग्ने गरेको स्थानीय बासिन्दा युवा समिर कार्कीले बताउनुभयो ।
वाग्मतिमा स्नान गरि पवित्र जल लिई रौतहटको शिवनगर, वाराको कांडघाट लगाएतका विभिन्न स्थानहरुमा रहेको शिवमन्दिरहरुमा चढाउने गरेको वोलवम हिडेका तिथालुहरुले वताएका छन् । सिमावर्ति भारतीका विभिन्न स्थानहरु वाट आएका स्थानिय भतmजनहरुले वाग्मतिमा जल लिई भारतका विभिन्न शिवालयहरुमा चढाउने गरेको उनीहरुले वताएका छन् ।
यसैगरि वोलवमको शुरुवात सगै कावर, जल वोक्ने प्लाष्ट्रिकका भाडा, कपडाहरुको व्यपार वढेको छ । साउन महिना भरि भने माछा मासुको कारोवारमा कमि आएको व्यपारीहरुले वताएका छन् ।