गौर,२४ साउन / रौतहटका विभिन्न गाउँमा पूर्वाधार निर्माणले तीव्रता पाएको भएपनि असार अन्तिममा आएको बाढीले बगाएको छ । आर्थिक वर्षको अन्तिम चरणमा आएर पूर्वाधार निर्माण धमाधम अघि बढेको भएपनि त्यो सबै बाढीले बगाएको हो ।
जिल्लाका स्थानीय तहमार्फत सञ्चालित अधिंकाश योजना तथा कार्यक्रम सम्पन्न भइसकेको अवस्थामा बाढी आएको थियो । जिल्लामा संघीय तथा प्रदेश सरकारका योजनाका काम भने निर्माणकै क्रममा रहेका थिय ।
स्थानीय स्तरमा पूर्वाधार अन्तर्गत सडक, सामुदायिक भवन, खानेपानी ट्यांकी मर्मत, पाइप विस्तार लगायत काम बढी मात्रामा भएका थिय । सडक ,पाईप बिस्तारमा बाढीले असर गरेको स्थानीय उपभोक्ता समितिले जानकारी दिएका छन ।
बाढीका कारण नगरपालिका भित्रका साना उपभोक्ता समिति मार्फत गरिएका काममा बाढीले क्षती पु¥याएको गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवले बताए ।
दुर्गाभगवती गाउपालिकामा सडकको नाला, बाढीले बगाएको गाउपालिकाका अध्यक्ष अरुण साहले बताए ।
स्थानीयले भने नगरपालिकाले गुणस्तरहिन काम गरेका कारण समान्य बाढीले नाला बगाएको बताएका छन् ।
जिल्लाको यमुनामाई गाउपालिका र परोहा नगरपालिकामा पनि पूर्वाधार निर्माणमा बाढीले असर गरेको छ ।
आर्थिक वर्षको अन्त्यतिर योजना सञ्चालन गर्ने शैलीले विकासका काम प्रभावित भएको बेला आएको बाढीका कारण कयौंले त्यसैलाई आधार मनेर कागज मात्र पेश गरेर आर्थिक हिनामिना गरेको गुनासो स्थानीयले गरेका छन् ।
माधब नारायण नगरपालिकामा नगरपालिकाको लगानीमा बनेको एउटा ठुलो पुलनै बढीले बगाएको छ । २०७६ साउन २४ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।