चन्द्रपुर,४ भदौ / स्थानीय सरकार र स्थानीय प्रशासनको उदासिनताको कारण रौतहटको बजार अनुगमन हुन नसक्दा उपभोक्ता मारमा परेका छन् । जिल्लामा प्रभावकारी बजार अनुगमन नहुदा चाडबाडका बेलामा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य हुने गरेको उपभोक्ताहरुको भनाइ रहेको छ । नियमित अनुगमन नहुदा व्यापारीले मनलाग्दी मूल्य असुलिरहेको गुनासो बढेको छ । अनुगमन नहुदा बजार मूल्यमा पनि एकरूपता छैन । जिल्लाका बजारमा उपभोग्य सामानको फरक–फरक मूल्य पाएको बताइन् । तरकारीमा हाल्ने मसला ,चामल, चिउरा, तेल, गेडागुडी, दाललगायतका दैनिक उपभोग्य सामान किन्दा उपभोक्ता ठगिदै आएका छन् । उपभोग्य सामानको मनलाग्दी मूल्य तिर्न उपभोक्ता बाध्य छन् । प्रशासन र सरोकारवालाको बेवास्ताका कारण मनपरी रोकिएको छैन । जिल्लामा उद्योग वाणिज्य संघले मूल्यसूची अद्यावधिक गरेको छैन । …
बजार अनुगमन गर्ने बिषयमा सम्बन्धीत निकायले प्रजिअ किरण थापालाई पटक पटक आग्रह गरेको चन्द्रनिगाहपुरका एक स्थानीय बासिन्दाले जानकारी दिए । बजार अनुगमन नभएका कारण किराना पसलमा समेत मदिराको कारोवार हुने गरेको छ । नियम नुसार दर्ता नगरी सञ्चालन भएका पसलले समेत उपभोक्तालाई ठग्ने गरेको गुनासो बढेको भएपनि रौतहटमा स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले चासो नदिएको उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सचिव टिका घिमिरेको भनाइ रहेको छ । नजिकदो चाडवाडलाई ध्यानमा राखेर बजार अनुगमन तिर सम्बन्धीत निकायले ध्यान दिनुपर्ने सचिव घिमिरेको भनाइ छ ।