गौर , ८ भदौ / भारतले बनाएको बांधका कारण हरेक बर्ष रौतहटका जनता डुवानमा पर्ने गरेका छन् । त्यसका बिषयमा देशका ठुला दलले आवाज नउठाइ रहेको बेला रौतहट क्षेत्रनं ३ का सांसद तथा पुर्व मन्त्री प्रभुले बांध निर्माणको काम तत्काल रोक्न सम्बन्धीत पक्षसंग आग्रह गरेका छन् ।
नेपालको सीमावर्ती इलाका ९दसगजा० मा बनाउदै गरेको बा“धको निर्माण कार्य तुरुन्त रोक्न सांसद प्रभु साहले माग गर्नुका साथै त्यस तर्फ आफ्नो ध्यान केन्द्रीत गर्न समेत नेपाल सरकारसंग माग गरेका छन । रौतहट जिल्लासंग जोडिएको दसगजा क्षेत्रमा भारतीय पक्षले सडकको नाम दिई अग्लो बांध बनाइरहेको बेला सांसद साहले सो कार्य तत्काल रोक्नका लागि माग गरेका हुन् । सडकको नाममा भारतले सिमावर्ती क्षेत्रमा पानीको निकास समेत बन्द हुने गरी भईरहेको सडक निर्माणले अझै ठुलो डुवानको समस्या आउने भन्दै सो कार्य रोक्न माग गरेका हुन । कुटनीतिक पहल गरी बा“ध निर्माण कार्य तत्काल रोक्न साहले सरकारस“ग माग गरेका छन् । पछिल्लो समय दसगजा क्षेत्रमा बनाइएको बांधकै कारण नेपाली भूमी डुबानमा पर्दै आएको भन्दै सांसद साहले नेपालीले थप पीडा पाउने गरि निर्माण हुने कुनै पनि संरचना सह्य हुन नसक्ने बताए । नेपाल र भारत दुबै पक्षबीच कुटनीतिक संवाद गरी दसगजा क्षेत्रबाट बा“ध हटाउनुपर्ने सांसद साहको भनाइ छ । सो बिषयमा सांसद साहले आवाज उठाइ रहेको बेला जिल्ला स्थित सुरक्षा निकायले समेत इशनाथ नगरपालिकामा गत असारमा आएको बाढी र डुवान भारतले बनाएको ड्यामनै भएको निष्कर्ष निकाले छ । रौतहट जिल्लाका सांसद तथा राजनैतिक दलले सो बिषयमा आवाज नउठाइ रहेका बेला सांसद साहले भने भारतले ड्यामका नाममा बनाएको सडकले नेपाल तीरको भुमि सधैं डुवानको खतरामा परेको बताउदै एक बिज्ञप्ती मार्फत सो कार्य रोक्न माग गरेका हुन् ।