चन्द्रपुर,२२ भदौ / कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) महासंघ रौतहटको अध्यक्षमा बाल बिक्रम कार्की सर्वसहमत चुनिएका छन । सो महासंघको शनिबार सम्पन्न ९ अँै वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी दुई वर्षका लागि नयंँ ९ सदस्यीय नयां कार्यसमिति सर्व सहमतिबाट चयन गरेको हो । नयां कार्यसमितिमा उपाध्यक्षमा प्रतिक कार्की, सचिवमा विशाल पोखरेल, कोषाध्यक्षमा शम्भु राना, सदस्यमा नारायण रेग्मी, दिवस लामिछाने, कन्चन पटेल र अजय गुरो चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष कार्कीले क्यान रौतहटले डिजिटल रौतहट बनाउने अभियानमा सरोकारवालहरुसंग सहकार्य गरेर अगाडि बढ्ने भन्दै सबैसंगको सहकार्यमा क्यान रौतहटलाई अगाडि बढाउन प्रतिवद्धता व्यक्त गरेका छन । प्रविधि र विकास एकअर्काको परिपुरक रहेको भन्दै दुबैलाई संगसगै लैजानु पर्नेमा जोडदिए ।