रुपेन्द्र पटेल,३ असोज / संविधान दिवसका अवसरमा चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि ,सेना ,प्रहरी बिहिबार बिहानै हातमा ग्लोब्स लगाएर सडकमा झाडु लगाउन निस्किय । तर सडक किनारामा रहेको फोहोरको डंगुर तिर भने कसैले ध्यान दिएन् । संविधान दिवस बनाउने क्रममा पहिलो चरणमा चन्द्रपुर नगरपालिकाले नगर सरसफाई कार्यक्रम गरेको थियो । तर त्यो प्रभावकारी हुन सकेन् । अन्य कार्यक्रम कसरी हुने हो हेर्न बाकी छ ,एक स्थानीयले भने । पुर्व पश्चिम राजमार्गको सडक किनारामा रहेका फोहोरका डंगुर उठन नसकेका कारण डेंगु जस्तो घातक रोग देखा परेको स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिकाले संविधान दिवस अन्र्तगत पहिलो चरणमा गरेको सफाई कार्यक्रम झारटार्ने र ग्लोवस र झाडु खरिद गर्ने बाहेक केही नभएको स्थानीय बासिन्दा प्रलाद गौतमले बताए । फोहोरको डंगुरका बिषयमा जनप्रतिनिधिले र कर्मचारीले कुनै चासो नदिएको स्थानीयको भनाई छ ।