चन्द्रपुर,९ असोज / प्रहरीले भारतबाट ल्याउदै गरेको लागु औषध सहित एकजनालाई पक्राउ गरेको छ । गौर स्थित भन्सार एरियाबाट भारत,बिहारको बैरगनियाबाट आउदै गरेका एकजना युवा माथि शंका लागि चेकजाच गर्दा ठुलो मात्रामा लागु औषध बरामद भएको हो । बुधबार दिउसो प्रहरीले लागु औषध सहित रौतहटकै गरुडा नगरपालिका ९ बिर्ताका २४ बर्षका किशोर सहनीको साथबाट बिभिन्न नामका लागु औषध बरामद गरेको हो । पक्राउ परेका सहनीले भिरेको हाते व्यागबाट लागु औषध डाईजेल्याब एम्पुल थान ५०थान फेनार्गन एम्पुल थान ५० थान नोफिन एम्पुल थान ५०, नाईट्राभेट १० लेखिएको ९५ पत्तामा २८५० पिस, डाईल्याक्स – २ बोतल समेत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए । सो बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।