गौर,१ कार्तिक / जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मितिमा बरामद गरेको लाखौ मुल्य बराबरको कपडा र खाद्यय वस्तु गौर भन्सार कार्यालय चलान गरेको छ । असोज २५ गतेदेखी २९ गतेसम्म भारतसंग जोडिएको सिमानाकाहरुबाट बरामद गरिएको सामान प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । जिल्लाको सिमा नाकाबाट हुने भन्सार छली अबैध चोरी निकासी, पैठारी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले ईशनाथ, गौर र परोहा नगरपालिका भित्र पर्ने सिमा नाकाहरुबाट भन्सार छली नेपालबाट भारत र भारतबाट नेपाल ल्याउने क्रममा विभिन्न सामान बरामद गरेको थियो । प्रहरीले नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा कालो मरीच, हरियो मटर, छहोडा र भारतबाट नेपाल तर्फ भित्र्याउदै गरेको मलमल कपडा, वायल कपडा, जिन्स पैट, बच्चाहरुको कपडा, सुर्ती, साडी, राज निवास, प्लाष्टीक, बाबा सुट, फराक, सर्ट कपडा, दुप्टा सल लगायतका सामान बरामद गरेको थियो । वेवारिसे अवस्थामा पक्राउ गरिएको करिव ३ लाख ९८ हजार नौ सय ५० मुल्य बराबरको सर सानाहरु आवश्यक कार्यवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।