चन्द्रपुर,१४ कार्तिक / डिभिजन वन कार्यलय रौतहट अन्तर्गतको विभिन्न सव डिभिजन कार्यलयमा कार्यरत वन कर्मचारी आफ्नो कार्यलयमा नबसेका कारण वन बिनास रोकिन सकेको छैन ।
तिहार बिदाका बेला मात्रै चोचा सव डिभिजन वन कार्यलयको क्षेत्रमा पर्ने अनजुमन सामुदायिक वनको क्षेत्रबाट १५ वटा बढि काचा सालका रुख काटियको स्थानीयले बताए ।
सो कार्यलयका प्रमुख बालकिशोर सिह कार्यलयमै नबस्ने गरेका कारण अन्य कर्मचारीले वन तस्करसंग सेटिग गरेर काठ काटन दिएको एक स्थानीयले बताए । करिव १५ वटा सालका रुख काटिएको भएपनि वन कर्मचारीले देखाउनका लागि तीन थान साना गोलिया मात्रै बरामद गरेको अन्य गोलिया स्थानीय अबैध फर्निचर उद्योगमा बिक्री गरेको स्थानीय टीका चौधरीले बताए ।
चोचा सव डिभिजन वन कार्यलयको क्षेत्रमा एक दर्जन अबैध फर्निचर संचालनमा रहेको भन्दै प्रदेश २ वन कार्यलयमा उजुरी परेपछि अनुगमनका लागि आएको टोलिलाई समेत कर्मचारीले मिलाएर पठाएको एक कर्मचारीले नाम नबताउने सर्तमा जानकारी दिए ।
वन कार्यलयले चोचा क्षेत्रमा रहेका अवैध फर्निचर हटाउने तर्फ चासो नदिनुनै वन बिनासको प्रमुख कारण रहेको स्थानीयले बताए । चोचा सव डिभिजन वन कार्यलयले अबैध फर्निचरबाट मासिक रकम असुल्ने गरेको एक फर्निचर संचालकले बताएका छन् ।
चोचा सव डिभिजन वन कार्यलयमा यतिबेला सशस्त्र वन रक्षक मात्रै रहने र उनीहरुकै मिलेमतोमा काचा सालका रुख काटिने गरेको स्थानीयको दाबी रहेको छ । उता जंगलसहियामा रहेको वन कार्यलयका हाकिमकै मिलेमतोमा गाउमै तीन वटा फर्निचर संचालनमा रहेका छन ।
अबैध रुपमा संचालनमा रहेका तीन वटा फर्निचरबाट साहायक वन अधिकृत बिमल ठाकुरले मेष खर्चको नाममा १० हजारका दरले मासिक ३० हजार लिने गरेको समाचार स्रोतले बताएको छ । जंगलसहिया वन क्षेत्रबाट कर्मचारीको मिलेमतोमा कटहरिया ,भसेडवा ,तथा बकैयापारीका गाउमा दैनिक काचा सालका गोलिया जाने गरेको छ । केही दिन पहिला जंगलसहिया वन कार्यलयका कर्मचारीको मिलेमतोमा तस्करी हुंदै गरेको काठ ,टायर गाडा र रागा डिभिजन वन कार्यलयले बरामद गरेको थियोे ।
काठ तस्करीको पैसा डिभिजन वन कार्यलयका हाकिम सम्म पुग्ने गरेका कारण अहिले सम्म कुनै वन कर्मचारी माथि कार्वाही नभएको स्थानीयको भनाई छ ।