रुपेन्द्र पटेल ,२६ कार्तिक / रौतहटको बृन्दावन नगरपालिका वडा नं.–३ बिश्रामपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रौतहटको चन्द्रपुरमा रहेको एपोलो सिटि हस्टिल द्धारा संचालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । सो निःशुल्क स्वास्थ्य शिविरमा विर अस्पताल काठमाण्डौंका MBBS डा.रोशनी गौतमले करिब ५ सय ७ जना बिरामीलाई निःशुल्क चेकजाच गरिएको थियो । सो निःशुल्क स्वास्थ्य शिविरमा रौतहटको विभिन्न ठाउबाट बिरामीहरु आएको थियो । शिविरमा निःशुल्क ल्याब टेस्ट डा. बसन्त पटेलले गरेको थियो भने एक्सरे सोनु पटेलले गरेको बताए । उक्त शिविरमा निःशुल्क औषधी समेत वितरण गरेको थियो ।