गौर,२८९कार्तिक / राजपुरमा बम बिष्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा निलम्बीत सांसद महमद अफताब आलमको बहस लम्बीएको छ । गत कार्तिक २१ गते देखी बहस शुरु भएको थियो । बिहिबार छैठो दिन पनि आलम तर्फका वकिलहरुले बहस गदै आएका छन ।
उक्त थुनछेक मुद्दामा सरकारी वकिलको तर्फबाट ५ जना वकिलले बहस गरेका थिए । सरकारी वकिलको तर्फबाट थुनछेक बहसमा सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायधिबक्ता खडिन्द्र राज कटुवाल,उप न्यायधिबक्ता अर्जुन प्रसाद कोइराला र सह न्यायधिबक्ता सुर्य प्रसाद दाहाल,सरकारी वकिल कार्यालय पर्साका उप न्यायधिबक्ता रुद्र प्रसाद पन्थी र सरकारी वकिल कार्यालय रौतहटका सह न्यायधिबक्ता राम प्रसाद पन्थीले बहस गरेको रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिएका छन । यसैगरी जाहेरवालको तर्फबाट ९ जना बरिष्ठ कानुन ब्यबसायीहरुले बहस गरेका थिए । पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी ओमप्रकाश अर्याल दिनेश त्रिपाठी डा. कुमार शर्मा आचार्य लगायतकाले बहस गरेका थिए ।
अभियुक्त आलमको तर्फबाट भने पुर्व महान्याधिबक्ता रमण श्रेष्ठ लगायत ३३ जना कानुन ब्यबसायीले बहस गदै आएका छन । बरिष्ठ कानुन ब्यबसायीहरुको बहस भने सकिएको छ भने स्थानिय वकिलहरुले बहस गदै आएका छन । प्रतिवादी आलमको पक्षबाट पुर्व महान्याधिबक्ता रमण श्रेष्ठ,नेपाल बार एसुसेसनका पुर्व अध्यक्ष द्धय प्रेम बहादुर खडका,शेर बहादुर केसी,बरिष्ठ कानुन ब्यबसायीहरु योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण) लगायतले बहस गरिसकेका छन । बहसको छैठो दिन आलमको तर्फबाट ६ जना स्थानिय वकिलहरुले बहस गरेका छन । रौतहट बारका अध्यक्ष हरी शंकर साह,पुर्व अध्यक्ष मन्जारुल हक,अधिबक्ता राम बिनोद गिरी,अन्नत अधिकारी,अफताब आलम,नन्दकिशोर साहले बहस गरेका छन । भोली शुक्रबार पनि बहस जारी रहने श्रेस्तेदार पराजुलीले जानकारी दिएका छन । रौतहट बार एसुसेसनबाट आलमको तर्फबाट २९ जनाले वकालत नामा लिएको भएता पनि जाहेरवालाको तर्फबाट एक जना पनि कानुन ब्यबसायीले वकालतनामा लिएका छैनन ।