गरुडा,१० मंसिर / रौतहटका स्थानीय तहको आयस्रोतको माध्यम रहेका नदि तथा खोला बर्षाका बेला रौतहटका ग्रामिण भेगका बासिन्दाका लागि समस्या बन्दै जान थालेका छन् । स्थानीय तहले आफ्नो क्षेत्रमा पर्ने खोला उत्खननको ठेक्का समेत अनियमित तरिकाले लगाउदै आएका छन् ।
रौतहट जिल्लाको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाले बकैया खेला उत्खननका लागि ठेक्का लगाएका छन् । ठेकेदारसंग मिलेमतो गरेर लगाईएको खोला ठेक्का स्थानीयका लागि भने काल बनेको छ । राज्यले तोकेको मापदण्ड अनुसार ठेक्का लगाउदा स्थानीय खोलामा रहेको पुल भन्दा पांच सय मिटर तल तथा माथि बाट मात्र नदि जन्य बस्तु उत्खनन गर्नुपर्ने सरकारी प्रावधान रहेको छ । तर जिल्लाको गुजरा नगरपालिका अन्र्तगत जंगलसहिया स्थित पुलको तलबाट नदिजन्य बस्तु उत्खनन गर्ने ट्रेक्टरका कारण जंगलसहियाबाट संतपुर दोस्तिया जाने पुल भासिदै जान थालेको स्थानीय टिका किशोर चौधरीले बताए । गुजरा नगरपालिकाले खोला ठेक्का लगाउदा ठेकेदार मिलाएर कम रकममा ठेक्का कबोल गर्न लगाएको स्थानीय बासिन्दाको भनाई रहेको छ । पुलको छेउबाट नदिजन्य बस्तु उत्खनन गर्दा एक त पुलनै जोखिममा परेको र अर्को तर्फ गाउनै बर्षामा डुवानमा पर्ने खतरा बढदै जान थालेको स्थानीयको भनाइ रहेको छ । गुजरा नगरपालिकामा विकास बजेट विकासमा भन्दा जनप्रतिनिधिका आफ्न्तमा बढी खर्च हुने गरेको नगरबासीको भनाइ रहेको छ । सो नगरपालिकाले गत बर्ष खोला ठेक्कानै नलगाएर अमानतमा पैसा उठाएर नदि उत्खनन् गरेर करोडौ रकम हिनामिना गरेको एक निर्वाचित जन प्रतिनिधिले जानकारी दिए । सोही खोला उत्खननका लागि फतुवा बिजयपुर नगरपालिकामा समेत ठेकेदार र जनप्रतिनिधि मिलेको स्थानीयले गुनासो गरेरका छन् । हाल सम्म नगर सभा समेत गर्न नसकेको फतुवा बिजयपुर नगरपपालिकालेले १ करोड १० लाखमा खोला ठेक्काको सुचना निकालेकोमा मेयर गोपाल यादव रउपमेयर कान्ति साहनै ठेकेदारसंग मिलेर १ करोड ११ लाखमा बकैया खोला ठेक्का लगाएको एक वडा अध्यक्षले नाम नबताउने सर्तमा जानकारी दिए । जबकी नगरसभा गर्नका लागि मेयर र उप मेयर बिच कुरा नमिलेका कारण गत असारमा सम्पन्न हुनुपर्ने नगरसभा अहिले सम्म हुन सकेको छैन ।
रकममा भागबण्डा मिलेको र ठेकदार समेत दुबैका मान्छे भएका कारण खेला ठेक्का कम दररेटमा लागेको स्थानीयको भनाई रहेको छ । यता गजरा नगरपालिकाले आफ्नो नगरबाट विकासको नाममा माखो मार्न समेत नसकेको अवस्थामा भएका सडक समेत खोला ठेक्का लगाएर ज्यानमार टिफर चलाउन छुट दिएर भत्काएको स्थानीय बासिन्दाको भनाइ रहेको छ । आफ्नै पार्टीकी उप मेयरलाई समेत फुटेको आंखाले देख्न नसेक्ने मेयर सन्तलाल धामीले अन्य पार्टीका वडा अध्यक्षलाई समेत बाईपास गरेर एकलौटी रुपमा छोटेराजा बनेको स्थानीयको भनाइ रहेको छ ।