समनपुर,१० मंसिर / आउदो मंसिर १४ गते हुने उप निर्वाचनमा रौतहटमा जम्मा एउटा नगरपालिकाको १ वडामा निर्वाचन हुदैछ । आफ्नो पार्टीको वडा अध्यक्षको उमेदवार जिताउनका लागि रौतहटको गढीमाई नगरपालिकामा देशका पुर्ब प्रधानमन्त्री देखी पार्टीका बारिष्ठ नेताहरु आउने क्रम जारी रहेको छ । यस क्रममा गढीमाई नगरपालिका वडानं २ मा हुने वडा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार जिताउनका लागि काग्रेस नेता तथा रौतहट क्षेत्रनं ४ का सांसद देव प्रसाद तिमलसिना दिनकै मतदाताको घरमा गएर भोट माग्ने क्रम जारी रहेको छ । सो वडामा नेपाली काग्रेसका वडा अध्यक्षका उमेद्वार दिपेन्द्र श्रेष्ठलाई जिताउन तिमलसिना सक्रिय रहेका छन् । सो वडामा नेकपाका उमेदार जिताउनका लागि नेकपा जिल्ला ईन्चार्ज युवराज भट्टराई लगाएतका नेता सक्रिय रहेका छन् ।