चन्द्रपुर,१२ मंसिर / रौतहटको चन्द्रपुर(३ गैडाटारमा निर्माण गरिएका पोखरीहरु संरक्षणका अभावमा अलपत्र परेको छ । विभिन्न समयमा जिल्ला भु(संरक्षण कार्यालय रौतहटको आर्थिक सहयोगमा निर्माण गरिएका गैडाटारका ३ वटा पोखरी हाल प्रयोग विहिन अबस्थामा अलपत्र परेका छन । चन्द्रपुर(३ गैडाटारको एक नम्बर धारा , राइ टोल र गैडाटार सिरान बन्ठामा निर्माण गरिएका ति पोखरीहरुमा सुख्खा रहेको र फोहोर फ्याकने भाडाको रुपमा परिणत भएको छ । जिल्ला भु(संरक्षण कार्यालय रौतहटले माछा पालन तथा पशुहरुको लागी पानीको ब्यबस्थापन गर्ने उद्देश्यका साथ निर्माण गरिएका पोखरी विगत ४ बर्षदेखि अलपत्र अबस्थामा रहेका छन ।
स्थानिय निकायको निर्वाचन सम्पन्न भइ स्थानिय सरकारले बनेको ३ बर्ष बित्न लाग्दा समेत ति पोखरीहरुको संरक्षणमा स्थानिय सरकारले ध्यान नदिदा आफुहरु अचम्म परेको स्थानिय दिपेन्द्र न्यौपानेले बताए । राज्यले लाखौ खर्चेर निर्माण गरिएका ति संरचनाहरुको संरक्षणमा स्थानिय निकायले ध्यान दिन सके स्थानिय निकायको लागी आम्दानीको स्रोत बन्ने सक्ने स्थानिय नेकपा नेता लाल बहादुर दोङले सुझाव दिनु भयो । समृद्ध राष्टू निर्माणमा यस्ता संरचनाहरुको संरक्षरण गर्दै सहि तरिकाले सदुपयोग गर्न सके आम्दानीका साथै नमुना गाउ निर्माणमा समेत टेवा पुग्ने देखिन्छ । अलपत्र अबस्थामा रहेका ति पोखरीहरुमा माछा पालन गरि मनग्य आम्दानी गर्न सकिने स्थानिय पशु पालक कृषक हरि बहादुर मोक्तानले बताउनु भयो ।