बारा,१३ मंसिर /
बाराको प्रसिद्ध शक्तिपीठ गढिमाई मन्दिरमा बलि भाकल गरेका भारतीय तथा नेपालीहरुले पशुरांगाहरु मन्दिरमा ल्याउन थालेका छन् ।सीमामा अवरोध छिचोल्दै भारतीयहरुले बलीको मुख्य समय भन्दा अगावै राँबगाहरु समितिलाई बुझाउन थालेका हुन् ।सर्वोच्च अदालतले बलि निरुत्साहीत गर्ने प्रयास थाल्नु र भारत सरकारले सीमामा कडाई गरे पनि मंसिर ९ गतेदेखि हालसम्म दैनिक एक हजारको संख्यामा राँगा कोतमा जम्मा भइसकेको समितिले जनाएको छ ।समितिका अनुसार राँगा बली यही मंसिर १७ गते र पशु–पंक्षि बलि १८ गते गरिने छ । यस अघिको मेलामा करिब १८ हजार राँगा र लाखौं बोका, कुखुरा, हाँस र परेवाको बली चढाइएको थियो ।पहिला देवीलाई भाकल गर्ने र इच्छाएको पुगेपछि बली चढाउने परम्परा रहेको गढीमाईमा मेलामा बिभिन्न कारणले छुटेका पशु भाकल गर्ने व्यक्तिहरुले भने माघे संक्रान्तिको दिन बलि गर्ने गर्दछन् ।अदालतको आदेशपछि बली रोक्न दबाब बढेपनि मेला व्यवस्थापन समितिले साविकको खुल्ला बलि क्षेत्रलाई अग्लो पर्खालले घेराबन्दी गर्दै तस्विर खिच्नपनि प्रतिबन्ध लगाएको बताइन्छ ।