जनकपुरधाम, १९ मंसिर । प्रदेश २ को राजधानी जनकपुर मधेश भवन परिसरभित्र प्लाष्टिकजन्य झोला, ब्याग, गिलास, प्लेट आदि निषेध गरिएको छ ।
प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निमित्त सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।
वातावरणलाई नकारात्मक प्रभाव पार्ने एक प्रमुख तत्व प्लाष्टि रहेको र बायोडिग्रेडेबल नभएकोले यसको प्रयोगबाट मधेश भवनको सौन्दर्यतामा ह्रास ल्याउने भएकोले प्लाष्टिजन्य पदार्थ निषेधित गरिएको हो ।