जनकपुर,२० मंसिर / जनकपुरधाममा हुने दक्षिण एशियाली खेलकूद (साग) को सम्पूर्ण तयारी पुरा भएको छ । साग अन्तर्गत जनकपुरधाममा मंसिर २० गते आजबाट २३ गतेसम्म कुश्ती खेल हुने छ ।
जनकपुरधाम उपमहानगरपालिका १४ स्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा सागको खेल हुने छ ।
कुस्तीका लागि नेपालसमेत पाँच देशका खेलाडी सहभागी हुदैछन् । खेलमा सहभागी हुने सबै खेलाडी बुधबार नै जनकपुरधाम आइपुगेको धनुषा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमलकिशोर चौधरीले जानकारी दिएका छन् ।
सागमा सात देशको सहभागिता रहेपनि कुस्तीतर्फ माल्दिभ्स र भुटानले भाग नलिने आयोजकले जनाएको छ । नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान कुस्तीमा भाग लिइरहेका छन् ।