काठमाण्डौ,२० मंसिर ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बुद्धिबहादुर तामाङले साइक्लिङमा स्वर्ण पदक जितेसगै जारी सागमा नेपालको स्वर्ण ३२ पुगेको छ । आज गोकर्णमा भएको पुरुष क्रस कन्टूीमा बुद्धिबहादुरले एक घन्टा १९ मिनेट आठ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभएको हो ।
यस्तै एक मिनेट १९ दशमलव ४० सेकेण्डमा दुरी पारे गर्नुभएका नेपालकै राजिभ राईले रजत र एक मिनेट २१ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभएका ओकेशराज बज्राचार्यले काश्य जित्नुभएको हो । बुद्धिबहादुरको स्वर्णसँगै नेपालले सागको अहिलेसम्म्कै संस्करणमा सर्वाधिक स्वर्ण जितेको छ ।
साफको सातौं संस्करणसम्म दोहोरो अंकमा स्वर्ण पदक जित्न नसकेको नेपालका लागि आठौं साफ ऐतिहासिक बनेको छ ।
१९९९ मा काठमाडौंमा आयोजित आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । पहिलो पटक समावेश गरिएको कराते र तेक्वान्दोमा नेपालले १४(१४ वटा स्वर्ण पदक जितेर इतिहास रचेको थियो । त्यतिबेला बक्सिङ दुई र पौडीमा एउटा स्वर्ण नेपालले जितेको थियो । कुल ३१ स्वर्ण सहित नेपाल पहिलो पटक साफ अंक तालिकामा दोस्रो स्थानमा आएको थियो । त्यो नै १२ औं साग अघिको नेपालको सर्वाधिक ठूलो उपलब्धी थियो । त्यसअघि सन् १९८४ मा साफ शुरु हुँदा नेपालले जम्मा चार स्वर्ण जितेको थियो ।
१९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ मा दुई, १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो । २००४ मा पाकिस्तानमा आयोजित साफमा नेपालमा जम्मा सात स्वर्ण जितेको थियो ।
२००६ मा श्रीलंकामा आयोजित दशौं संस्करणदेखि साफको नाम साग बनेको हो । त्यसमा नेपालले सात स्वर्ण जितेको थियो ।
ड्रोपिङ टेस्ट अनुत्तीर्ण भएपछि राजेन्द्र भण्डारीले जितेको दुई वटा स्वर्ण पदकले मान्यता पाएको थिएन । २०१० मा ढाकामा आयोजित सागमा आठ र २०१६ मा भारतमा आयोजित १३ औं सागमा जम्मा तीन वटा स्वर्ण जितेको थियो ।