सप्तरी , २५ मंसिर । स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा सप्तरीबाट एक वडाध्यक्षसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साह छन् । ३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित अर्का एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले बताए । पीडित महिलाले आफूलाई गाउँकै एक कुखुरा फर्ममा बोलाएर वडाध्यक्षसहित अर्का १ जनाले जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छन् ।