रुपेन्द्र पटेल २९ मंसिर / जिल्लाका बिभिन्न होटलमा बालश्रमका बिषयमा हुने कार्यक्रममा चिया लिएर बालकहरुनै पुग्ने गरेका छन । तरपनि त्यस तर्फ डलर खेती गर्नैको ध्यान जान सकेको छैन । बरु ती बालकहरुलाईनै उनीहरुले बिभिनन काम लगाउने गरेका छन् । बिभिनन दातृ निकायको सहयोगमा केही दिन पहिला चन्द्रपुर नगरपालिकामा भएको बालश्रृम सम्बन्धी कार्यक्रममा चिया पु¥याउने काममा १२ बर्ष मुनीका बालबालिकाको उपस्थिती रहेको थियो ।
रौतहटको बिभिन्न होटेल तथा निर्माण सेवाको कार्यहरुमा बालबालिकाहरु प्रयोग भइरहेको भएपनि त्यस तर्फ सम्बन्धीत निकायले चासो दिएको पाईदैन । यस बिषयमा बालअधिकारकर्मी मौन रहेको जनकारहरुले बताएका छन् । जिल्लामा बालबालिकाहरु होटेलमा श्रम गरिरहेको पाईएका छ्न । जुन होटलमा बाल श्रमका बिषयमा कुरा हुन्छ तेही होटलमा बढी बालश्रम हुने गरेको जानकारहरुको भनाइ रहेको छ ।
यस्तै बालश्रम बढ्दै गएमा शिक्षामा झन पछाडी पर्न सकने सरोकारवालाले चिन्ता ब्यक्त गरेको छ । यता चन्द्रनिगाहपुरमा बस पार्कमा रहेका होटेल संचालकहरुले बाल श्रम गराउने गरेको पाईन्छ । बाल श्रम गराउनेहरुलाई अहिले सम्म कुनै किसिमको कार्वही हुन सकेको छैन्न ।