चन्द्रपुर,१ पुस / ठुलो मात्रामा लागु औषध सहित एकजनालाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।
गरुडा नगरपालिका घर भएर चन्द्रनिगाहपुरमा डेरागरी लागु औषधको कारोवार गर्दै आएका शेख सदरे आलमलाई सोमबार सांझ ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।
झोलामा लागु औषध बोकेर चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालको बाटो हिंडदै गरेका ३५ बर्षका आलमलाई प्रहरी पक्राउ गरेको थियो । उनले बोकेको झोलामा डाईजोपाम ३२ पिस ,नुर्फिन ३४ थान ,फनारगन १९ थान ,डाइल्याप नामक आगु औषध १८ थान सहित पक्राउ गरेको थियो । आलम पक्राउ परेपछि उनी बस्ने देउराली चोकको डेरामा खानतलासी गर्दा ५ सय २२ थान नाइट्रोभेट फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिए ।
सिमावर्ती बजारबाट लागु औषध ल्याएर चन्द्रपुर नगरपालिकामा बिक्रि बितरण गर्दै आएका आलमलाई पक्राउ गरिएको डिएसपी कटुवालले बताए ।
चन्द्रपुर नगर क्षेत्रमा लागु औषधको सवनकर्ता बढदै जान थालेको र यसको बिक्रि बितरण समेत बढेको गुनासो बढदै जान थालेपछि प्रहरीले लागु औषध कारोवारी पक्राउका लागि सादा पोशाकका प्रहरी परिचान गरेको समेत कटुवालले जानकारी दिएका छन् ।