गरुडा,७ पुस / बिगतमा उखु कृषकलाई ठगेका मधेशवादी दलका एकजना नेताले जिल्लाका उखु कृषकलाई आन्दोलनको नाउमा पुनः ठग्न खोजेको आरोप लागेको हो ।
पछिलो केही बर्ष अघि नक्कली चालान,नक्कली नेट छपाएर मिल र किसानलाई करोडौं ठगेका उनले मधेशवादी नेताका नक्कली खोल ओढेर अहिले किसानको हितैसी बन्ने प्रयासरत छन ।
शनिवार देखी गरुडा स्थित श्रीराम सुगर मिलको प्रांगनमा बक्यौता रकमको भुक्तानी र मिल सञ्चालन हुनुपर्ने भनी आन्दोलनको नाउमा किसानलाई हैरान गर्ने काम मात्र भईरहेको जानकारहरुको आरोप छ । सामान्य हैसियत भएका उनी उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष भएका बेला नक्कली चालान पुर्जी,नक्कली नेट छपाएर जिल्लामा किसान र मिललाई कराडांै रुपैया ठगेका थिए ।
सोहीसमय देखी गरुडा स्थित श्रीराम सुगर मिलमा अनियमिता बढदै आर्थिक अवस्था कमजोरभई हाल मिल नै बन्द हुने अवस्था आएको उखु उत्पादक किसान संघ रौतहटले जनाएको छ । ईलाका प्रहरी कार्यालय गरुडामा उनी ठगी मुद्धामा दुईजप्ता हिरासतमा समेत रहेका मद्धेशवादी नेता फेरी उखु किसानलाई ठगीगर्न किसानको नेता बन्ने प्रयासमा रहेको देखिएको नेकपा कटहरिया नगरकमिटिका अध्यक्ष योगेन्द्र साहको दाबी छ । मिल र उखु किसानलाई समेत ठगी गर्ने गलत तत्वसंग सचेत रहन उखु उत्पादक किसानसंघ रौतहटले सबै संग आग्रह गरेको छ ।
जिल्ला अध्यक्ष अशोक यादवले एक बिज्ञप्ती प्रकासित गरेर रौतहटका उखु उत्पादक किसानको समस्या र पिडा लाई समाधान गनुपर्ने माग गरेका छन ।
गरुडा स्थित श्रीराम सुगर मिल उपर करीब ४२ करोड रुपैया बक्यौता रहेको रकम भुक्तानी र मिल सञ्चालनको बिषय लिएर संघ पछिलो तिन महिना देखी मन्त्रालयमा धाईरहेका छन ।
जिल्ला स्थित किसानको भुक्तानी र मिल सञ्चालनको बिषयमा अगामी सोमवार काठमाण्डौ स्थित उधोगमन्त्रीको रोहवरमा छलफल हुने भएका ले उक्त अवधी भित्र सबै पक्षलाई संयमित रहन उँखु उत्पादक किसान संघले आग्रह गरेको छ ।
साथै प्रदेश २ सरकारले केही दिन अघि भुमी ब्यवस्था तथा कृषी राज्यमन्त्री योगेन्द्र यादवको अध्यक्षतामा किसानको रकम असुल र मिल सञ्चाल गराउन पांच सदसिय समिती गठन गरेको छ । प्रदेश २ द्धारा गठीत समीती र संघिय सरकारको सहयोमा किसानको समस्या समाधान हुने उखु उत्पादक किसान संघले बिश्वास लिएको छ ।