जनकपुर,८ पुस । उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाइ राजीनामा पत्र बुझाएको समाजवादी पार्टीले जनाएको छ। समाजवादीले सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसंग भएको संविधान सरुंसोधनसहितका सहमति कार्यान्वयन नभएपछि राजीनामा दिएका हुन् ।
सोमबार मन्त्रिपरिषदको बैठकमा संविधान संशोधनको प्रस्ताव लगेका समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई प्रधानमन्त्री केपी ओलीले रोकेपछि उक्त एजेण्डा बैठकमा प्रवेश हुन पाएन् । संसोधन प्रस्ताव पेस हुन नपाएपछि यादवले राजीनामा बुझाएका हुन् । सरकारमै रहेर सरकारको कार्यशैलीबारे असन्तुष्ट रहेको समाजवादी पार्टीमा सरकार छोड्ने या नछोड्ने विषयमा लामो समयदेखि विवाद हुँदै आइरहेको थियो ।