गौर,१२ पुस / रौतहटको एक गाउबाट स्थानीयले जबरजस्ती धर्म परिवर्तन गराउने एक समुहलाई लखटेका छन् ।
जिल्लाको राजदेवी नगरपालिका वडा नं ८ मा धर्म परिवर्तन गराउदै हिडेका क्रिस्चियनहरुलाई स्थानीयले लखटेका हुन ।
मुडवलवामा धर्म परिवर्तन गराउने समुहलाई हिन्दु परिषद नेपालका अध्यक्ष ओमप्रकाश मधेशियाको नेतृत्वमा गएको टोलीले लखटेको हो ।
उनीहरुले क्रिस्चियन धर्म प्रचारका लागि बोकेको ब्यानर समेत स्थानीयले जलाएका छन् ।
जिल्ला सचिव राकेश यादव, समाजसेवी नविन सिंह, विश्व हिन्दु परिषदका यूवा संयोजक नन्द भुषण श्रीवास्तव र रिपोर्टर्स क्लब नेपालको अध्यक्ष अभिमन्यु पटेल स्थानीय हनुमत यादव, विजय यादव, कमलेश यादव लगायत दर्जनौं हिन्दु धर्म समर्थकहरु उनीहरुलाई गाउबाट लखटेको स्थानीयले जानकारी दिएका छन् ।