चन्द्रपुर,१५ पुस / रौतहटको चन्द्रनिगाहपुरमा उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । मेयरकप प्रदेश २ स्तरिय लिग फुटबल प्रतियोगिता तथा उप मेयरकप राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७६ को तयारी बैठक पछि दुबै प्रतीयोगिता हुने भएको हो ।
माघको पहिलो हप्ताबाट प्रतियोगिता आयोजना हुने रौतहट फुटबल संघले जानकारी दिएको छ ।
चन्द्रपुर नगरपालिकाको आयोजनामा दुबै प्रतियोगिता संचालनका लागि फुटबल संघ र नगरपालिका बिच सम्झौता सम्पन्न भएको छ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी बिच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सो कार्यक्रममा सहभागिता रहेको थियोे । कार्यक्रममा प्रेदेश नं २ सबै जिल्ला फुटबल संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
चन्द्रपुर नगरपालिकाले प्रदेश स्तरीय लिग फुटबलका लागि २० लाख र राष्ट्रिय महिला फुटबलको लागि २० लाख रकम बिनियोजन गरेको छ । प्रदेश स्तरिय मेयरकप लिग फुटबल प्रतियोगिताका लागि ४० प्रतिसत एन्फा ,४० प्रतिशत चन्द्रपुर नगरपालिका र २० प्रतिशत आयोजकले खर्च गर्ने सम्झौता भएको छ । यस्तै उप मेयरकप राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नगरपालिका बाट ५० प्रतिशत २५ प्रतिशत एन्फा र २५ प्रतिशत आयोजकले खर्च गर्नेगरी दुबै पक्षबिच सम्झौता भएको थियो । चन्द्रपुर नगरपालिकाले स्वर्गीय फुटबल प्रशिक्षक सेर बहादुर दर्लामीको शालिक निर्माणका लागि २५ लाख रकम बिनियोजन गरेको छ । फुटबल संघ प्रदेश २ का अध्यक्ष तथा प्रतियोगिता तयारि समितिका अध्यक्ष नेपाल कार्कीले प्रतियोगिताको तयारीमा आफुहरु जुटेको बताएका छन् । फुटबलका लागि प्रदेश २ उर्वराभुमि भएपनि प्रदेश सरकारबाट खेलकुदका लागि कुनै सहयोग नभएको एन्फा अध्यक्ष शेर्पाले गुनासो गरे । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले आगामी बर्षमा चन्द्रपुर नगरपालिकाले खेलकुद विकासका लागि रकम बढाउने बताए ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वडानं १ का वडाअध्यक्ष बिरु रखाल ,वडानं ४ वडाअध्यक्ष अमर आले चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद सिग्देल ,संचारकर्मी संजय कार्की ,फुटबल संघ रौतहटका अध्यक्ष भगवान दर्लामी लगाएतले प्रतियोगिता सफलताको शुभकामना ब्यत्त गरेका थियोे । कार्यक्रम बाबुराम दाहालले संचालन गरेका थिय ।