रुपेन्द्र पटेल, १६ पुस / घाम लागेपछि रौतहट सहितको मध्य तराईका बासिन्दाले राहतको महसुस गरेका छन् । सोमबार र मंगलबार बिहानैबाट घाम लागेपछि स्थानीयले राहतको महसुस गरेका हुन् । रौतहट जिल्लामा घाम नलागेका कारण स्थानीयले सास्ती खेप्दै आएका थिए । मंगलबार बिहानैबाट घाम लागेपछि रौतहटका अधिकांस घरमा कपडा धुने काम भएको थियो । दिनभरी जसो स्थानीय गृहणीहरु लुगा धुनमा ब्यस्त रहेको कटहरियाबाट स्थानीय संचारकर्मी कृष्ण तिवारीले बताएका छन् । जिल्ला सदरमुकाम लगाएतका स्थानमा रहेका सरकारी कार्यालय तथा स्थानीय गाउ पालिका तथा नगरपालिकामा समेत अन्य लिनको तुलनामा सेवाग्राहीको चाप बढेको थियो । अन्य दिनको तुलनामा घाम लागेका कारण नगरपालिकाको कार्यालयमा सेवा लिन आउनेको भिड लागेको चन्द्रपुर नगरपालिकाका शाखा अधिकृत मिश्रीलाल साहले बताए । जिल्ला सदरमुकाम गौरमा समेत १५ दिनपछि घाम लागेका कारण नगरपालिकाको कार्यालयमा सेवा लिन आउनेको संख्या अन्य दिनको तुलनामा बढीरहेको नगरपालिकाकी उप प्रमुख किरण ठाकुले बताईन् । लामो समय देखी घाम नदेखेका रौतहटका स्थानीयले घाम लागेपछि लुगा धुने लगाएतका कामा गरेको चन्द्रनिगाहपुरकी स्थानीय गृहणी बिमला चौधरीले बताईन् ।