जनकपुर,१८ पुस / पुस १७ गतेका लागि बोलाइएको प्रदेश सभा २ को बैठक स्थगित गरिएको छ । गत आर्थिक वर्षमा उपभोक्ता समितिको बक्यौता रहेको रकमको विवादले पछिल्लो दुई पटकदेखि प्रतिपक्षी दलले बैठक अवरुद्ध गर्दै आएको हो ।
सूचना टा“स गरी बैठक स्थगित गरिएको हो । तर के कति कारणले बैठक स्थगित गरिएको भन्ने कुरा खुलाइएको छैन ।
श्रोतका अनुसार बिहीबार दिनको एक बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता समितिको बक्यौता रकम भुक्तानी बारे सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । तर मुख्यमन्त्री राउत बैठकमा उपस्थित हुन नसक्ने सम्भावना देखिएपछि बैठक नै स्थगित गर्नु परेको हो ।
प्रदेश सभाको आगामी बैठक पुस २४ गते बस्ने जनाइएको छ ।