बिश्रामपुर,२३ पुस / विगत लामो समयदेखि नेटवर्कको समस्या झेल्दै आएका जिल्लाको बृन्दावन नगरपालिका वडा नं.( १ बलरीका स्थानीय वासिन्दाहरुले अबको केही महिनापछि नेटवर्कको समस्याबाट मुक्त हुने भएको छ । सो नगरपालिकाका मेयर राम स्नेही यादवले अबको एक महिना भित्र नेपाल टेलिकमको टावरको काम सुरु हुने दाबी गरेका छ्न ।
आधुनिक युगमा पनि सो गाउका स्थानीयले नेटवर्कको समस्या झेल्दै आएका हुन । फोनमा कुरा गर्न घरबाट बाहिर निस्कनु र घरमा राखिएको मोबाइलमा फोन नलाग्ने जस्ता समस्या झेल्दै आएका बलरीका स्थानीयले टावर बन्छ सुनेपछि हषिर्त भएका हुन । यता नगरप्रमुख यादवले अबको एक महिना भित्र टावरको काम सुरु हुने बताएका छ्न । बृन्दावनको बलरी गाउमा टावरको समस्या मात्र होईन विद्युतको समस्या समेत रहेको स्थानीयले बताएका छ्न । बलरीको जंगल छेउमा रहेको भोटेटोलमा विद्युत नहुदा सो गाउंका करिब सय घरधुरीका स्थानीय वासिन्दाले अन्धकारमा बस्न बाध्य रहेका छ्न । विद्युतको पोल गाडी सकेको र टाँन्सफर्म झुनडी सकेको महिनौ बितिसक्दा पनि विद्युतको तार तान्न सकेको छैन्न । यश विषयमा बृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादवसंग बुझ्दा तारको टेन्डर भईसकेको र अबको १५ दिन भित्र तार आउने र २० दिन भित्र सो गाउँमा विद्युत समेत जरान हुने बताएका छ्न । सो गाउँका स्थानीय युवाहरुले वाईफाई नहुदा समस्या भएको बताएका छ्न । उक्त गाउका अधिकांश युवाहरु वैदेशिक रोजगारी गरेकोले उनिहरुसंग कुराकानी गर्न समस्या हुने गरेको गुनासो गरेका छ्न । डाटाबाट विदेशमा कुरा गर्न समस्या भएपछी उनिहरुले वाईफाई जडान गर्न माग राखेका छन ।