रुपेन्द्र पटेल, चन्द्रपुर,२५ पुस ।
काही नभएको जात्रा हाडी गाउमा ,भनेझै चन्द्रपुर नगरपालिका अन्र्तत रहेको शिक्षा फांटले बिचित्रको नया“ नियम लागु गरेपछि सो उखान चिरितार्थ हुन पुगेको छ ।
प्रसंग चन्द्रपुर नगरपालिका अन्र्तगतको शिक्षा फाटले नगर क्षेत्र भित्र रहेका सम्पुर्ण सामुदायीक विद्यालयमा प्रतिबर्ष दिइने चार सयको छात्रबृती रकम लिन बैकमा पुग्नुपर्ने अवस्था श्रृजना गरेको छ ।
नेपाल सरकारले सामुदायीक विद्यालयहरुमा अध्यान गर्ने कक्षा १ देखी ८ सम्मका सम्पुर्ण छात्राहरुलाइ र दलित विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप प्रति बर्ष चार सयका दरले छात्रबृतीको रुपमा विद्यालय मार्फत रकम बितरण गर्दे आएको छ ।
चन्द्रपुर नगरपालिकाको शिक्षा फांटले यस बर्ष देखी नगर भित्रका सबै सामुदायीक विद्यालयहरुमा छात्रबृतीको रकम निकाशा नगर्ने र प्रतेक विद्यार्थीलाई बैंक मार्फत सो रकम उपलब्ध गराउने नयां नियम लागु गराउने निर्णय गरेपछि अभिभावकहरु थप समस्यामा परेका छन् ।
यतीबेला अभिभावकहरु चार सय रुपैया लिनका लागि फोटो खिचाउन र बैंकमा खोता खोल्न दौडधुपमा लागेका छन् । बर्षमा जम्मा चार सय पाउने ,जस्को लागि फोटो खिचाउने खर्च ,खाता खोल्न दौडधुप,फेरी यती थोरै रकम निकाल्न चेक काटेर बैंक सम्म पुग्नुपर्ने बाध्यताका कारण अभिभावकहरु समस्यामा परेका छन् ।
उनीहरु भन्छन् ,नगरपालिका भएपछि के के न सुभिदा पाईएला भनेको त ,यस्तो अब्यावहारीक नियम बनाउदा सम्बन्धीत प्रधानाध्यापक र जनप्रतिनिधिहरुले आवज उठाउन नसक्नु दुखद भएको एक स्थानीय अभिभावक बिष्णुलाल श्रेष्ठले गुनासो गरे ।
कतिपय विद्यालयहरुले बढी विद्यार्थी संख्या देखाइ छात्रबृती रकम अनियमितता गर्ने गरेकोले सो कुरा रोक्नका लागि यस्तो नियम बनाईएको भनियपछि अति बिपन्न परिवारहरु छात्रबृती रकम लिन झन्झटिलो भएकोले बैंक खाता खोल्न समेत आलटाल गरिरहेका छन् । जस्ले गर्दा लक्षित विद्यार्थीहरु छात्रबृती रकम पाउनबाट बन्चित हुने स्थानीयको भनाइ रहेको छ । छात्रबृती रकममा अनियमिता हुने गरेको भए ,शिक्षा फांटका कर्मचारीको कमजोरी मानिने स्थानीय अभिभावकहरुको भनाइ रहेको छ । उनीहरुले सहि तथ्याङक लिन नसक्नु ,विद्यालयको अनुगमन नगर्नु ,निकास भएको छात्रबृती रकम विद्यालयहरुले बितरण गरे नगरेको निरिक्षण गर्न नसक्नु कस्को कमजोरी हो ?एक शिक्षकले प्रतिप्रष्न गरेका छन् ।